प्रधानमन्त्री ओलिले भने–विप्लव समूहलाई चन्दा नदिनु

प्रधानमन्त्री ओलिले भने–विप्लव समूहलाई चन्दा नदिनु

kp-oli-with-biplob

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।

नेपाल नगरपालिका संघको २६ औं प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरे । उनले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’ विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, त्यो सरकारले गर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ