सूर्य तिमिल्सिना । ५ हजार ४ सय मिटर उचाइमा रहेको विश्वकै अग्लो स्थानमा रहेको थोरङ्गला भन्ज्याङ ४८ दिनको लामो अन्तराल पछि खुलेको छ ।
करिब २ महिना सम्मको लगातार हिमपातका कारण बन्द रहेको अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लाको याक खर्क बाट मुक्तिनाथसम्म हिजोदेखि खुलेको हो । हिमपातका कारण बन्द भएको थोरङ्गलापासमा सोमबार २७ गते मात्र १० बिदेशी पर्यटकहरुले सफलतापूर्वक थोरङ्गला पास गरेका छन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङ चेकपोष्टले सूचना प्रकाशित नै गरी थोरङ्गला पास खुलेको जानकारी गराएको थियो ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार फागुन २६ गते मनाङ्गको याकखर्क बाट मुस्ताङ्गको मुक्तिनाथ सम्मको पदमार्ग खुलाउनको लागी मनाङ्गका १६ जना स्थानियबासीहरुको एक टिम याकखर्क बाट थोरङ्गलापास हुदै मुक्तिनाथसम्मको पैदल मार्ग खुलाउन लागि परेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाद्वारा धन्यवाद ज्ञापन
पैदलमार्ग खुलाउनको लागि लागि परेका मनाङका स्थानीयबासीको टिमलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले धन्यबाद ज्ञापन गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले लामो समय सम्म हिउँका कारण अबरुद्ध अन्नपूर्ण पैदलमार्ग खोलेर पर्यटन प्रबर्धनमा सहयोग पुर्याएको भन्दै खादा लगाएर सम्मान गरेका थिए ।

सम्बन्धित खबर
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
गण्डकीको हिउँदे अधिवेशन आज मध्यरातिदेखि अन्त्य
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
‘हेम्जाको शान, आलुको पहिचान’
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर