उपल्लो मुस्ताङको घिलिङमा करेन्ट लागेर बिमलको ज्यान गयो, प्रहरी पुग्दै

उपल्लो मुस्ताङको घिलिङमा करेन्ट लागेर बिमलको ज्यान गयो, प्रहरी पुग्दै

Ghiling

सूर्य तिमिल्सिना, मुस्ताङ । निरन्तरको हिमपातपछि अवस्था सामान्य उन्मुख भइरहँदा अवरुद्ध रहेको विद्युत पुनः सञ्चालन गर्ने क्रममा एक युवकले ज्यान गुमाएका छन् ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका घिलिङमा विद्युतको पोल चढेर मर्मत गर्दैगर्दा करेन्ट लागेर  थासाङ गाउँपालिका लेते पारी घर भएका अन्दाजी ३० वर्षीय बिमल बिकको मृत्यु भएको कागवेनी प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टीकराम दाहालले जानकारी दिए । बिक जिल्लामा विद्युत हेर्ने निलगिरी उपभोक्ता सहकारीका कर्मचारी रहेको बताईन्छ ।

मंगलबार बेलुकी ५ बजेतिर घटना भएपनि हिउँका कारण घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन । घटना भएको थाहा भएपछि अध्याँरोमा हिउँका कारण जान नसकेको र बिहानै छुसाङबाट टोली अघि बढेको प्रहरीले जनाएको छ ।

Photo: Jamyang Tenzin Gurung

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds