कैलाश विकास बैंक लामाचौरका प्रमुखद्वारा करोडौँ रकम हिनामिना

कैलाश विकास बैंक लामाचौरका प्रमुखद्वारा करोडौँ रकम हिनामिना

nepali-paisa

 पोखरा । कैलाश विकास बैंक लामाचौर शाखाका प्रमुख नरेन्द्र थापाले करोडौँ रुपैँया हिनामिना गरेको खुलेको छ । थापाले पन्थी इन्ड्रष्टिज अन्तर्गतको पन्थी डेरी प्रा.लि.को एक करोड १९ लाख भन्दा बढि रकम हिनामिना गरेका हुन् ।

‘कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले घुमाउरो बाटोबाट मेरो कम्पनीको एक करोड १९ लाख भन्दा बढी रकम विभिन्न व्यक्ति तथा संस्थाहरुलाई चेक मार्फत दिएको छ’ कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख थापालाले रकम हिनामिना गरेको भन्दै पन्थी इन्ड्रष्टिजका संचालक रेशमराज पन्थीले भने, ‘उस्ले दिएको पैसाको हालसम्म पनि बैंकलाई मैले नै सम्पूर्ण ब्याज तिर्नु परेको छ ।’

‘खालि चेकमा हस्ताक्षर गर्न लगाएर हिनामिना’

बैंकका शाखा प्रमुख थापाले आफुलाई कम्पनीको छाप सहित खाली चेकमा हस्ताक्षर र गर्न लागाई खाताको रकम हिनामिना गरेको बताएका छन् ।

‘कम्पनीको छाप सहित मलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर रकम हिनामिना गरिएको छ’ उनले भने, ‘कम्पनीको छाप सहित हस्ताक्षर भएको खाली चेक आफैँसँग राखि उस्ले नै बिना जानकारी ऋणको रकम खातामा हाली हिनामिना गरेको हो ।’

पोखरा औधोगिक क्षेत्रमा रहेको पन्थी इन्ड्रष्टिज अन्तर्गत पन्थी डेरी प्रा.लि संचालनको लागि आवश्यक पर्ने ५ करोड ऋण पन्थीले माग गरेपछि कैलाश विकास बैक लामाचौर शाखाले अर्को बैंकमा रहेको निजको धितो फुकुवा गराउनको लागि एक करोड ७५ लाख रुपैया दिएको थियो ।

उक्त रकम बैंकले धितो रोक्का हुनु पुर्व पन्थीलाई उपलब्ध गराएको देखिन्छ । बैंकले उपलब्ध गराएको बैंक स्टेटमेन्ट अनुसार गत भर्दौं १३ गते एक करोड ५० लाख रुपैया ऋण लगानी गरेको देखिन्छ । तर तत्कालिन शाखा प्रमुख थापाले ऋण लगानी एक महिना पछि हुने बताउदै आवश्यक प्रक्रियाको लागि भन्दै खाली चेकमा हस्ताक्षर गराउन लगाई चेक र कम्पनीको छाप आफैसँग उनले जानकारी दिए ।

पन्थीले उक्त समयमा आफ्नो लागि ऋण लगानी भएको र खातामा पैसा आएको जानकारी नै नपाएको तर तत्कालिन शाखा प्रमुख थापाले भने तत्कालै ऋण लगानी गरी खातामा पैसा राखि आफुखुसि विभिन्न व्यक्ति तथा संघ संस्थाको नाममा चेक काटेर खाताबाट रकम हिनाहिना गरेको पन्थीको आरोप छ । पन्थीकी छोरी निशा पन्थीको समेत हस्ताक्षर चल्ने गरी पन्थीले बैंकमा खाता खोलेका थिए ।

‘धम्की दिँदै विभिन्न ब्यक्ति तथा संस्थाको नाममा चेक हस्ताक्षर गराइयो’

शाखा प्रमुख थापाले आफुलाई पटकपटक बोलाएर बिभिन्न दबाब र धम्की दिँदै खाली चेकमा हस्ताक्षर नगरे ऋण र लगानी पूर्व दिएको एक करोड ७५ लाख समेत रोकिदिने भन्दै खाली चेकमा हस्ताक्षर गराउँदै विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्ने गरेको पन्थीले आरोप लागाएका छन् ।

‘नरेन्द्र सरले मलाई बैंकमा वोलाएर विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गर्न लगाउदै बाबालाई भनिस भने ऋण लगानी पनि रोकिदिन्छु र तैलै पहिलाको रकम एक करोड ७५ लाख समेत फिर्ता गर्नुपर्छ भन्नुभयो’ पन्थीकी छोरी निशाले भनिन् ।

ऋण रोकिने डर र पैसा समेत फिर्ता गर्नुपर्ने धम्की दिए पछि बाध्य भएर बाबुलाई नभनि आफुले चेकमा हस्ताक्षर गरेको निशाको भनाई छ । बैंकले थप २ करोड पन्थी इन्ड्रष्टिजका लागी ऋण स्वीकृत गरेको थियो । बैंकको स्टेटमेन्ट अनुसार गण्डकी ईन्जिनियरीङको नाममा ४५ लाख, लेकसाइड हार्डवयरमा १३ लाख, सोवित पहारीको नाममा ४ लाख ५० हजार, आर्क दी आर्किटेक्चरको नाममा २० लाख, पन्थी डेरीको नाममा २५ लाख, निशा पन्थीको नाममा ५ लाख विभिन्न समयमा साटिएको देखिन्छ ।

चाइनाबाट कम्पनीमा मेसिन भित्राउनको लागि एलसी खोल्नु पर्ने भएकोले बैंक स्टेटमेन्ट हेर्दा पन्थीले आफ्नो खातामा रहेको रकम हिनामिना भएको जानकारी पाएका हुन् ।

‘मैले रकम हिनामिना गरेको छैन, गरेको पुष्टि भए कारवाही भोग्छु’

शाखा प्रमुख नरेन्द्र थापाले पन्थीको रकम आफुले हिनामिना नगरेको दावी गर्दै हिनामिना गरेको पुष्टि भए कारवाही भोग्न तयार भएको बताएका छन् ।  निशा पन्थीले नै विभिन्न व्यक्ति तथा संस्थालाई रकम दिएको जनाउँदै थापाले आफुले रकम हिनामिना गरेको भन्ने कुरा पुष्टि भए कारवाही भोग्न तयार भएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंक पोखराका प्रमुख पोमनाथ गौतमले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले गरेको हिनामिनाको मुद्धाहरु केन्द्रले हेर्ने गरेको बताए । ‘कैंलाश विकास बैंकको रकम हिनामिना भएको बिषयमा भने पुलिसबाटै कारवाही हुन्छ’ उनले भने ‘कुनै व्यक्तिको रकम हिनामिना गर्नु सिधै ठगि हो, यस्ता केसमा ठगि मुद्धा लाग्छ, यस्तो मुद्धा पुलिसले हेर्छ, पुलिसबाट यसको समाधान हुन्छ ।’

कैशाल विकास बैंक लामाचौर शाखाबाट विगत दुई बर्ष अघि पनि करिब ३ करोड भन्दा बढी रकम ठगि भएको थियो । तत्कालिन शाखा प्रमुख रविचन्द्र खनालले करिब ३ करोड भन्दा बढी रकम हिनामिना गरेका थिए । उनी हालसम्म फरारनै छन् ।

सिइओ भन्छन् : अर्कोको नामबाट आफ्ना कर्मचारीले सापटीको रुपमा दिएको हो

पन्थीको रकम अर्काेको नामबाट आफ्ना कर्मचारीहरले सापटीको रुपमा दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताएका छन् । यद्यपी रकम हिनामिना भएको थाहा पाएपछि शाखा प्रमुख थापालाई बैंकले लामचौरबाट लेकसाईट सरुवा गरि निलम्वन समेत गरेको छ । थापाले रकम हिनामिना गरे नगरेको भन्ने बिषयमा हाल थप अनुसन्धान भईरहेको सिइओ श्रेष्ठको भनाई छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ