विप्लव समूहका सबै नेता भूमिगत

विप्लव समूहका सबै नेता भूमिगत

biplop mahobadi

काठमाण्डौं  । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ ।

सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । उक्त नेकापाका महासचिव विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

केही समयअघि मात्र उक्त समूहले राजधानीमा प्रदर्शन गरेको थियो । विप्लव तत्कालिन अवस्थामा नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अर्धभूमिगत रुपमा रहेका विप्लव समुहका नेताहरु भूमिगत भएका छन् । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ