१२ बर्ष नपुग्दै बच्चा जन्माईन्, स्वास्थ्य अवस्था नाजुक, १४ वर्षीय श्रीमान् पनि काम गर्न सक्दैनन्

१२ बर्ष नपुग्दै बच्चा जन्माईन्, स्वास्थ्य अवस्था नाजुक, १४ वर्षीय श्रीमान् पनि काम गर्न सक्दैनन्

balika

बुटवल । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन । ’

फागुन–७ गते बर्दिया गेरुव गाउँपालिका –४ खनकपुर स्थित ११ बर्ष १० महिना उमेर छँदा छोरी जन्माएकी सविता ( नाम परिवर्तन ) ले आफ्नो स्वास्थ्य अवस्था गम्भीर भएको बताएकी हुन । आफु १० बर्षकी हुँदा देखि नै जुम्लाको मालिकाफाँट गाउँपालिका घर भई बर्दियामा दिदीको घरमा बस्दै स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आफु संगै पढ्ने १४ बर्षीय श्याम ( नाम परिवर्तन ) संग प्रेम सम्वन्ध बसेको र पछि उनि संगको शाररिक सम्पर्क पछि गर्भ रहन गएको उनले बताएकी छन ।

‘सुत्केरी भए देखि माछा मासु अण्डा मेरो पेटमा परेको छैन । आमाले गाली गरिरहनु हुन्छ ,उ पनि (श्याम) सानै छ लेवर काम गरेर मलाई पाल्न सक्दैनन । बिचार उ प्रति टिठ लाग्छ । उसकी आमा सानैमा मृत्यु भए पछि । उसको बाबुले अर्की ल्याएर एक्लो भए पछि यहाँ दिदीको घरमा आएको हो । मैले बच्चा जन्मिाए पछि उसलाई पनि दिदीले गाली गरेर घरमा खान बस्न दिन छाड्नु भयो । कहिले हाम्रोमा आउछ कहिले अरु कसैकोमा गएर खान्छ ’– उनले दुवै जनाको पिडा यसरी सुनाईन् ।

उनले थप पिडा सुनाउँदै थपिन–‘ धेरै पढ्ने मन थियो , हामी दुवै जनालाई यस्तो हुन्छ भन्ने थाह थिएन । अहिले सानैमा बच्चा जन्मिदा बाबु आमाको पनि हेलाँ भएँ, उसको घरमा जाउँ भने जमिन र घर वासको पनि अत्तोपत्तो छैन रे । हामी कहाँ जाउँ ? कसैले सहयोग गरे दुबैले कक्षा ७ को पढाई अगाडी बढाउने थियौं, नत्र ज्यान पाल्ने समेत हाम्रो उपाय नहुने भयो ।’

मंगलवार विहान उनकाे पीडाबारे स्थानीयले वडाका वडाध्क्ष बलबहादृुर चलाउनेको ध्यानकृष्ट गराएका थिए । उनीहरुले गाउँपालिकाको तर्फबाट प्रारिम्भक राहत उपलब्ध गराउने तर्फ सोच्नु भएको छैन ? भन्ने प्रश्नमा वडाध्यक्ष चलाउनेले भने–‘ हुन्छ म आज गाउँपालिकामा जान्छु र यो कुरा राख्ने छु । बर्दिया र यता बाँके जिल्लामा वालविवाह चुनौतीपुर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङक अनुसार गत ३ बर्षको अन्तरालमा सो जिल्लामा २५ जोडीले बालविवाह गरेका छन । यस चालु आर्थिक बर्षमा मात्रै १६ जोडीले बालविवाह गरेको त्यहाँका प्रहरी प्रमुख एसपी अरुण पौड्यालले बताएका छन । वर्दियाकी सविताले भने सन्तान जन्मे पनि उमेर नपुगी बिबाह नगर्ने बताईन् ।

यो समाचार प्रेम सुनारले news24nepal.tv का लागि लेखेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ