नेपालमा नागरिक तीन करोड, डाक्टर एक हजार चार सय

नेपालमा नागरिक तीन करोड, डाक्टर एक हजार चार सय

doctors_

काठमाडौं : विश्व स्वास्थ्य संगठन भन्छ, एक हजार जनसंख्याबराबर कम्तीमा एक डाक्टर हुनुपर्छ। तर, नेपालमा १४ सय सय सरकारीसहित जम्मा ४४ सय डाक्टर छन्।

नयाँ पत्रिका दैनिकमा समाचार छ, यो हिसाबले एक डाक्टरले ६ हजार सात सय पाँच जनालाई हेर्नुपर्छ। हाल देशभर एक हजार ६ सय ५० चिकित्सकको दरबन्दी छ। तर, सरकारी सेवामा अहिले १४ सय डाक्टर मात्र खटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषज्ञ चिकित्सकको संख्या पाँच सय मात्र छ। झण्डै नौ सयको हाराहारीमा मेडिकल अधिकृत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारलाई आठौँदेखि १२औँ तहसम्मका चिकित्सक बढी आवश्यकता छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवका अनुसार २५ वर्षदेखि दरबन्दी नथपिएका कारण सेवा प्रवाहमा समस्या देखिएको छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार एक डाक्टरले एक बिरामीलाई २० मिनेट दिनुपर्छ तर बिरामीले औसतमा पाँच मिनेट मात्र पाउँछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ