नेताको नातेदार बढुवा गर्न परराष्ट्र मन्त्रालयमा दरबन्दी थप !

नेताको नातेदार बढुवा गर्न परराष्ट्र मन्त्रालयमा दरबन्दी थप !

pararastra-

काठमाडौं : परराष्ट्र मन्त्रालयले एकै साथ आठ उपसचिव र छ अधिकृत माग गरेको छ। संगठन तथा व्यवस्थापन सर्भे नै नगरी दुई उपसचिवको माग गरेलगत्तै ६/६ जनाको थप दरबन्दी माग गरेको हो।

तीन महिनाअघि परराष्ट्र मन्त्रालयले अनावश्यक रुपमा १४ उपसचिव र १२ शाखा अधिकृतको पद थपको माग गर्दै स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो।

सर्भे नै भएर माग भएको भए पनि मन्त्रालयले अस्वीकृत गरेपछि अहिले पुनः आठ उपसचिव र छ अधिकृतको माग गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भे रिपोर्टमा संशोधन गरी त्यति ठूलो संख्यामा उपसचिव र शाखा अधिकृत पद थपको मागप्रति सामान्यले अध्ययन गरिरहेको भने पनि राजनीतिक नेतृत्वको निर्देशनपछि मन्त्रिपरिषदमा पठाउनुको विकल्प नभएको एक कर्मचारीले बताए।

शक्तिमा रहेका नेताको नातेदारलाई छिटो बढुवा गराउनकै लागि यस प्रकारको अस्वभाविक प्रयास भएको अधिकारीहरु स्वीकार्छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds