शंकाको घेरामा सीके राउत, समर्थक आश्चर्यचकित

शंकाको घेरामा सीके राउत, समर्थक आश्चर्यचकित

ck-raut

जनकपुरधाम :  स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले अचानक सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनका समर्थक, शुभचिन्तक र सर्वसाधारण आश्चर्यमा परेका छन्।

राउतको राजनीतिक रणनीति समर्थकले बुझ्न नसकेकै कारण उनी जनकपुर आउँदा स्वतन्त्र मधेसको नारा घन्काइएको चर्चा चलिरहेको छ। राउतको वास्तविक राजनीतिक गतिविधि भने प्रस्ट हुन सकेको छैन भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

सरकारसँगको सम्झौतापछि आइतबार जनकपुर आएका राउतले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिएका छैनन्। सोमबार राउतसँग प्रतिक्रिया लिन जनक—८ बलवा टोलस्थित निजी निवासमा पुग्दा उनका कार्यकर्ताले भेट्न नमिल्ने बताएर फर्काइदिए। व्यस्त सहरको गल्लीमा रहेको राउतको घर धेरैले देखेका छैनन्।

घरको पर्खालमा स्वतन्त्र मधेस गठबन्धनको झन्डा झुन्ड्याइएको हुँदा घर पहिचान गर्न सजिलो भएको थियो। ढोकामै सानो पोस्टरमा देखिने गरी आगन्तुकका लागि सूचना टाँसिएको भेटियो।

सूचनामा थियो, ‘भेट्न आउनेले पहिला फोन गरी सम्पर्क गरी अनुमति लिनुहोला।’  तीनतले घरको माथिल्लो तल्लामा सीसीटीभी क्यामराले आगन्तुकमाथि निगरानी गरिराखेको थियो ।

सुनसान घरको ढोका केहीबेर ढकढकाएपछि एक व्यक्ति बाहिर आए तर, ढोका खोलेनन्। उनले प्रश्न गरे, ‘किन आउनुभएको?  के काम छ ? ’

संवाददाताले परिचय दिएपछि ती व्यक्तिले भने, ‘दुई दिनपछि मात्रै राउत सरले कुरा गर्नुहुन्छ, अहिले भेट्न मिल्दैन।’ सीकेको स्वास्थ्य अवस्था राम्रो नहुँदा दुई दिनसम्म कसैलाई पनि नभेट्ने निर्देशन आएको ती व्यक्तिले सुनाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds