गुटले छाडेन नेकपालाई, तानातानमा ‘गृहमन्त्री’

गुटले छाडेन नेकपालाई, तानातानमा ‘गृहमन्त्री’

ram bahadur

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ परेका छन्। पार्टीमा विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन्।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन्। तर, सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन्।

त्यसैले थापा तानातानमा परेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। नेकपा सचिवलायभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ।

अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ। दुई गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन्।

अर्का अध्यक्ष प्रचण्ड ओली तथा नेपाल दुवै समूहसँग समदूरी सम्बन्धमा देखिए पनि भित्री रुपमा उनी नेपाल पक्षसँग नजिकिन चालेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ