काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्डर्स प्लेअफमा पुग्न असफल भएको छ।
समूह चरणको अन्तिम खेलमा मुल्तान सुल्तानसँग ७ विकेटले पराजित भएसँगै लाहोर बाहिरिएको हो।
पाकिस्तानको कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको लाहोरले ८ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो। उसका लागि कप्तान फखर जमानले ५३ रन जोडे।
डेभिड विसेले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा सुल्तानका मोमहद अब्बासले ३ विकेट लिए।
१ सय ४१ रनको लक्ष्य सुल्तानले १२.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो। उसका लागि साह मसुदले २५ बलमा ८ चौका र १ छक्का हिर्काएर ४८ रनको योगदा नगरे। जिएम भिन्सले १२ बलमा २५ रन जोड्दा जोनसन चार्ल्सले नटआउट ४१ रन बटुले।
बलिङमा लाहोरका सहीन अफ्रिदी र विसेले १–१ विकेट लिए। नेपाली बलर सन्दीपले विकेट लिन सकेनन्। उनले २.३ ओभरमा २८ रन खर्चिए।
उनले समान २–२ चौका र छक्का दिएका थिए भने ५ बलमा डट फ्याँकेका थिए।
योसँगै अंक तालिकाको पुछारमा झरेको लाहोरले १० खेलमा ३ खेलमा जित हात पार्दा ७ हार बेहोर्यो।
सन्दीपले पिएसएलका ७ खेल खेल्दा ११ विकेट लिए। उनले पाँच खेलमा विकेट लिँदा २ खेलमा भने विकेट लिन सकेनन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो