भिमाद नगरपालिकाले उचाल्यो प्रदेशस्तरीय अध्यक्ष कप भलिबलको उपाधि, मुख्यमन्त्रीदेखि झाँकी प्रदर्शनीसम्म (फोटो फिचर)

भिमाद नगरपालिकाले उचाल्यो प्रदेशस्तरीय अध्यक्ष कप भलिबलको उपाधि, मुख्यमन्त्रीदेखि झाँकी प्रदर्शनीसम्म (फोटो फिचर)

khelkud

पोखरा, २७ फागुन । तनहुँको भीमाद नगरपालिकाले रुपा गाँउपालिकाद्वारा आयोजित प्रदेशस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा रुपाले आयोजना गरेको प्रतियोगितामा भिमादले स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई चौथो सेटमा पराजित गर्न सफल बनेको हो । रुपा गाउँपालिका वडा नम्बर ६ भीरचोकस्थित खेल मैदानमा सोमबार भएको फाईनलमा भीमादले काली गण्डकी गाँउपालिकामाथि १९–२५, २५–२३, २५–२१, २५–२२ को सेटमा पराजित गर्दै पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको हो ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा घिरिङ गाउँपालिका तनहुँ विजयी भयो । पोखरा महानगरपालिका घिरिङसँग सोझो सेटमा पराजित हुन पुग्यो ।  पोखरा महानगरपालिका २५–१५, २५–२० र २५–२३ को सेटमा पराजित हुदैं चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक नारायण गुरुङले बताए ।  त्यस्तै, सान्तवना पोखराले पनि नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका १९ वटा स्थानीय तहहरुको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट भीमाद नगरपालिकाका खेलाडी निर्मल शाही ठकुरी घोषित भए । बेष्ट सर्भरको पुरस्कार घिरिङ गाउँपालिकाका मिलनचन्द ठकुरी घोषित भए ।

बेष्ट डिफेण्डर कालीगण्डकी गाउँपालिकाका पोलसिंह राना, बेष्ट ब्लकर भीमाद नगरपालिकाका मिलन राना, बेष्ट सेटरबाट भीमादकै दिवस आले, स्पाईकरबाट काली गण्डकी गाँउपालिकाका हरि पाण्डे र अनुशासित टोलीको पुरस्कार रुपा गाँउपालिका घोषित हुदैं पुरस्कार थाप्यो ।

उत्कृष्ठ खेलाडीले नगद ५ हजार र अन्य विधाका खेलाडीले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे । खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्धेश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित भएको प्रतियोगितामा कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री, पुर्व सांसद कृष्णबहादुर गुरुङ, पूर्व गाविस अध्यक्ष टिकाराम पंगेनी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय भलिबल टीमका क्याप्टेन इमबहादुर रानामगरलाई नगद २५ हजारले रुपा गाउँपालिकाले सम्मान पनि गरेको थियो । क्याप्टेन मगर रुपा वडा नं. ६ मोहोरिया निवासी हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झाँकी प्रदर्शन पनि गरिएको थियो । प्रथम फेदी नेवाः सास्कृतिक गुठी रुपा ५, द्वितिय शान्ति रुपा वराहाथोक रुपा ६, तृतीय नेपाल कुमाल सुधार समाज सुधार रुपा ३ र सान्त्वना चिसापानी जलकुमारी आमा समूह हुन सफल भयो ।

http://gandaknews.com/prithivi-subba/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds