अश्विन दानी, पोखरा । सरकारले बिकास र समृद्धिको जग बसालिसकेको दाबी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको सतही बिरोध नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
सोमबार रुपा गाउँपालिकामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरकारले अहिलेसम्म गरेका सबै काम सुरुवात मात्रै भएकाले बिकास भएन भनेर बिरोध गर्नुको औचित्य नभएको प्रस्टाएका हुन् ।
‘कसैले पनि सरकारले राम्रो काम ग¥यो भनेर भनेको मैले आजसम्म सुनेको छैन’ मुख्यमन्त्री गुरुङले भने, ‘जो मान्छे अलि जान्ने बुझ्ने जस्तो देखिनुहुन्छ उहाँहरुले नै जहिल्यै भन्नुहुन्छ, खै प्रदेश सरकारले काम गरेको रु अब बुझ्नुस । कोही मान्छेको पनि एक दिनमै जन्म हुँदैन । जो कोही पनि धर्तीमा झर्नका लागि नौ महिना आमाको गर्भमा बस्नै पर्छ ।’ गण्डकी प्रदेश सरकार पनि अहिले गर्भमै रहेकाले बिकास र मृद्धि यति छिटै नहुने मुख्यमन्त्री गुरुङको भनाई छ ।
‘मान्छे जस्तै हामि अहिले गर्भमै छौँ । यसको मतलब बिकास र समृद्धिको जगहरु खन्दै छौँ’ मुख्यमन्त्री गुरुङले भने, ‘अहिले हामी प्रदेशलाई आबश्यक योजनाहरु बनाउँदै छौँ । कानुनहरु बनाउँदै छौँ । अबको पाँच बर्षमा हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर पञ्चबर्षीय योजना, अबको १२ बर्षपछि हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर १२ बर्षीय योजना र अबको २५ बर्षपछि हामीले हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर २५ बर्षीय योजना बनाउँदै छौँ ।’
उनले थपे, ‘ती सबै कुराहरु तँपाई हामी सबैले प्रत्यक्ष रुपमा भोग्न पाउने कुरा हैन । तर, भोलिका लागि अहिल् हामीले कामको जग खन्नु पर्नेछ । भौतिक—पुर्वाधारको जग खन्नु पर्नेछ । निति नियमको जग खन्नु पर्नेछ । बिभिन्न योजनाहरुको जग खन्नु पर्ने छ । तसर्थ तँपाईहरुले हतार नगर्नु होला । हामिले काम गरीसकेपछि प्रदेश सरकारले गरेको बिकास कहाँ छ भनेर खोज्नु होला ।’
पाँच बर्ष भित्रै प्रदेशलाई सम्बृद्ध बनाउन सबै क्षेत्रमा भौतिक पुर्वाधार पु¥याउने उनको भनाई छ । ‘पाँच बर्ष भित्रै हामीले सबै जनताको घरघरमा खानेपानी बिजुली पु¥याउँछौँ । हरेक गाउँ गाउँमा सडक पु¥याउँछौँ । हरेक गाउँ गाउँमा स्वास्थ्य चौकी पु¥याउँछौँ र सबै जनताकोे आर्थिक बृद्धिदर बढाउँदै उनीहरुलाई धनी बनाउँछौँ ।’
उनले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र खुल्नुपर्ने पनि बताए । गाउँमा कृषि क्षेत्रमा विकासका लागि राम्रो योजना ल्याए आफूले सहयोग गर्ने उनको भनाई थियो ।
स्थानीय तह स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाले आयोजना गरेको प्रादेशिकस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा समापन अवसरमा प्रमुख आतिथ्यता गर्दे उनले गाउँपालिका स्थानीय सरकार भएकाले जनताले सहज सुविधा पाउनुपर्ने बताए ।
सो अवसरमा रुपा गाउँपालिकाको लोगो पनि सार्वजनिक गरियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ८ लाख कर उठ्ने गाउँपालिकामा अहिल्यै तेब्बर उठिसकेको जनाउँदै अब यसलाई बढाउँदै लैजाने तर जनतालाई करको भार भने नथुपार्ने बताए । उनले यहाँकै स्रोत साधनको उचित सदुपयोग, जग्गा बाँझो राख्नेसँग बाहेक नागरिकलाई समस्यामा नपारेको बताए ।

http://gandaknews.com/bhimat-gaupalika/
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो