तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले खुकुरी लिई कुटपिट तथा तोडफोड गर्दै हिड्ने ५ जना पक्राउ लाई पक्राउ गरेको छ ।
गत शुक्रबार साँझ ५:३० बजेको समयमा जिल्ला तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित केहर सिंह आले (बादल)ले संचालन गर्दै आएको ईमेज मोवाईल सेन्टरमा खुकुरी लिई कुटपिट तथा तोडफोड गर्दै हिड्ने ५ जना लाई प्रहरीले पक्राउ गरेको हो ।
आले लाई उनको पसलमा रुपेश सुनार समेतका व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी मोबाईल पसल संचालक केहर सिंह आले (बादल) र कामदार बुद्धि बहादुर थापालाई कुटपिट गरी पसलमा तोडफोड गरेका थिए ।

ईमेज मोवाईल सेन्टरका संचालक केहर सिंह आले (बादल) ।
घटनाको जानकारी प्राप्त हुना साथ आवश्यक मद्दत सहित प्रहरी टोली खटिई गई पिडितहरु सँग समन्वय गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दा भाग्दै गरेको अवस्थामा घटनास्थल वरपरको बाट ५ जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका वडा नं ५ मोचाबारि बस्ने वर्ष १८ को किरण थापा, सोहि स्थान बस्ने वर्ष १८ को बिष्णु थापा, वर्ष १८ को मदन थापा, वर्ष १८ को साजन राना र वर्ष १८ रुपेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनिहरु लाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते