काठमाडौं–स्थानीयतहको निर्वाचनसँगै गाउँगाउँमा विकास निर्माणका काम द्रुतगतिमा अघि बढिरहेका धेरैतिरका समाचार सार्वजनिक भइरहेका बेला सर्लाहीमा भने फरक घटना घटेको छ ।
सर्लाहीको दक्षिण पश्चिम भारतीय सीमा क्षेत्रमा रहेको बलरा नगरपालिकामा उमेयरसहित केही वडाअध्यक्षले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
अनि मेयरले तालाबन्दी खुलाउने बाटोका रुपमा धर्नालाई लिएको नागरिक दैनिकमा खबर छ ।
हिजो (आइतबार) दिउँसो २ बजेदेखि आफ्ना केही समर्थकसहित मेयर अभयकुमार सिंह धर्नामा बसेका छन् । उनले उपमेयर र केही वडाअध्यक्षले आफूलाई विफल बनाउन कार्यालयमा तालाबन्दी गरेको र त्यो खुलाउन धर्नामा बसेको बताएका छन् ।
कार्यालयमा भएको तालबन्दीले नगरपालिकाका कार र विकासका गतिविधि ठप्प भएकाले तालाबन्दी खुलाउन धर्ना बस्नुपरेको मेयर सिंहले बताएका छन् ।
सीके राउतसँग सरकारले गरेको सहमतिप्रति सत्तारुढ दलकै आपत्ति रहेको उनलाई राष्ट्रियसभामा लैजाने तयारी गरिएको, जनकपुरमा राउतको सुरक्षाका लागि बेग्लै सुरक्षादस्ता सार्वजनिक भएको खबर छापिएका छन् ।
त्यस्तै सरकारी जलविद्युत आयोजना, जनताको लगानी फाइदा कि हानी शीर्षकको समाचारमा जलविद्युत आयोजना सञ्चालनका लागि जनताले सेयर लगानी गर्नु हानी कि फाइदा भन्ने विषयमा बहस शुरु भएको छ ।
विज्ञहरुका अनुसार अहिलेकै अवस्थामा सरकारले लगानी गर्ने विद्युत आयोजनाहरुको सेयर खरिद गर्दा सर्वसाधारणलाई फाइदा नहुने बताएका छन् ।
त्यस्तै ७८ लाख रुपैयाँ खुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी रातो पासपोर्ट बुझाएका छैनन् ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने