मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने (यस्तो छ कारण)

मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने (यस्तो छ कारण)

malaysia-mohammed-abdel

तस्वीर- मोहम्मद अब्देल हफिज

मलेसिया– मलेशियाले इस्लामिक लडाकु समूहसँग आबद्ध रहेको बताइने इजिप्टका ६ तथा ट्युनिशियाका १ नागरिकलाई देशनिकाला गर्ने भएको छ ।

देशनिकाला गर्न लागिएका ६ इजिप्सियनमध्ये ५ जना इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहुडका सदस्य रहेको तथा एक जना ट्युनिशियाली तथा अर्का इजिप्सियन संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकहरुले आतंकवादी समूहको सूचीमा राखेको अन्सर अल शरिया अल ट्युनिशिया भन्ने समूहका सदस्य रहेको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुनले जनाएका छन् ।

अन्सर अल शरिया अल ट्युनिशिया समूहमा आबद्ध ती दुई जना सन् २०१६ मा अवैधानिक रुपमम मलेशिया प्रवेश गरेको तथा ५ जना इजिप्सियन नागरिकले उनीहरुलाई शरण दिएको बताइएको छ ।

मलेशियामा उनीहरुको उपस्थितीले ठूलो आतंकवादी आक्रमण हुनसक्ने जोखिम रहेकाले उनीहरुलाई देशनिकाला गर्न लागिएको प्रहरीले जनाएको छ ।

देशनिकाला गर्दा उनीहरुलाई आफ्नो मुलुकमा यातना दिइने तथा मृत्युदण्ड हुनसक्ने भन्दै विभिन्न मानवअधिकार संगठनहरुले मलेशिया सरकारसमक्ष उनीहरुलाई देशनिकाला आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ