हिन्दुराष्ट्र पुनस्थापना एजेण्डा सहित कमल थापा पोखरा आउने

हिन्दुराष्ट्र पुनस्थापना एजेण्डा सहित कमल थापा पोखरा आउने

kamal thapa

पोखरा । हिन्दु राष्ट्र पुनस्थापनाको एजेण्डा सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पोखरा आउने भएका छन् । राष्ट्रिय स्वाभिमान यात्रामा निस्कीएका थापा यहि फागुन २८ गते पोखरा आई पुग्ने भएका हुन् ।

अध्यक्ष थापाले पोखरामा संवोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भई सकेको छ । पार्टीका प्रचार विभाग सदस्य तथा मिडिया नेपालका अध्यक्ष सूर्य बास्तोलाले हिन्दुराष्ट्र स्थापनाको एजेण्डालाई पोखराले साथ दिने आशा ब्यक्त गरे।
यता, पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य जयलाल पुनले २०४८ सालपछि सत्तामा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग बताए । ।

उनले आवश्यक परे आफ्नै अध्यक्ष कमल थापाको सम्पत्ति पनि छानबिन गरिनुपर्ने धारणा राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष डा। महेन्द्रबहादुर कार्कीले राप्रपा कास्कीको बलियो शक्ति भएको दावी गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ