तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषध सहित एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रेनगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष २१ को रेयाज खाँ पैठान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शनिबार बिहान २ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं.१२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा पैठान लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
रौतहटबाट पोखरा तर्फ जादै गरेको ना ४ ख ९८३१ नं.को बसमा सवार रहेका प्रतिवादी रेयाज खाँ पैठान पक्राउ परेका हुन ।
पठानको साथबाट नुफिन लेखेको तरल पदार्थ सहितको शिशी थान १५, बुप्रेनोर्फिनको शिशी थान १०, फेनेरेगन लेखेको 2 मिलिको शिशी थान २५, डाइजेपान इन्जेक्सन शिशी थान १५, डाइजेपान इन्जेक्सन लोरि शिशी थान १० र इन्ट्राजेपामको पत्ता ५ वटा पत्तामा रहेको १५० वटा चक्की लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध बरामद गरी रेयाज खाँ पैठानलाई पक्राउ गरी लागुऔषध मुद्धामा आइतबार नै जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते