तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नम्बर ६ सार्की चौतरामा आइतबार ट्याक्टर पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ्ग गाउँपालिका-५ का ३५ वर्षीय ओममाया राना रहेकी छिन । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गम्भीर घाइते हुनेहरुमा ऋषिङ्ग-५ का ३२ वर्षीय बलबहादुर पाटामगर, ५० वर्षीया खिनीमाया पाटामगर, १८ वषीया कुमारी थापा छन् । उनिहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ऋषिङ्गबाट सपौंदीतर्फजाँदै गरेको ग १ त ५३१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।
ट्याक्टर चालक भने फरार छन् । उक्त दुर्घटनामा ऋषिङ गाउँपालिका-५ बर्ष ५० का मोतीलाल राना मगर, बर्ष ५० का हिम बहादुर राना, बर्ष ८ की मनिसा थापा र ट्याक्टरका सहचालक नवलपरासी बुलिङटारका अन्दाजी २० का कृष्ण कुमाल हात, खुट्टा र टाउँकामा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते