फागुन ३० गते विप्लवको नेपाल बन्द

फागुन ३० गते विप्लवको नेपाल बन्द

biplob-press

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले आगामी फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको मागसहित नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ । सरकारले गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यबहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

ने.क.पा. मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको महासचिव विप्लवले विज्ञप्तीमा लेखेका छन् । घोषित संघर्षका कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते र्याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ