आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ।
निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन्।
सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते