कश्मीरबाट भारतीय सेनाका जवान अपहरित, खोजी जारी

कश्मीरबाट भारतीय सेनाका जवान अपहरित, खोजी जारी

kasmir

भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहेको कश्मीर क्षेत्रबाट भारतीय सेनाका एक जवान अपरहणमा परेका छन्।

भारतीय सैनिक जवान मोहम्मद यासिन भट्ट जम्मु कश्मीरको बडगामस्थित आफ्नै घरबाट अपहरणमा परेका हुन्।

उनलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सैनिक जवान भट्ट एक महिनाको छुट्टि लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए।

शुक्रबार हतियारसहितका चरमपन्थी समूह घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भारतीय अधिकारीहरूले उनको खोजी गरिरहेको समाचारमा जनाइएको छ।

यसअघि पनि भारतीय सेनाकै जवान औरंगजेब घरबाटै अपरहणमा परेका थिए। पछि उनी मृत फेला परेका थिए।

काश्मीरमा केही दिनअघि भारत र पाकिस्तानबीच लडाकु विमानद्वारा आक्रमण-प्रत्याक्रमण भएको थियो।

पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति पुर्‍याइरहेको आरोप भारतले लगाइरहेको छ। तर यसलाई पाकिस्तानले अस्वीकार गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ