काठमाडौँ — गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’
गुरुङले मध्यरातमा काम गरिरहेका ठाउँमा खबर पाएका थिए, ‘प्रहरीको एक टोली क्याम्पभित्र छिरेको छ । उनीहरूबाट खोजतलास भइरहेको छ । कसैको सामान पनि बाँकी छैन । लुटेर लगे ।’ त्यतिबेला सबै कामदार ड्युटीमा थिए ।
‘बिहान ५ बजे क्याम्पमा आउँदा फुटाउन बाँकी दराज थिएन,’ उनले भने, ‘प्रहरीबाट यस्तो काम भएको देख्दा रुन मन लाग्यो ।’
एउटै कोठाभित्र झन्डै ५० जना बस्थे । सबैको अलग–अलग बेड थियो । बेडपिच्छै दराज थियो । उनीहरू मलेसियाको केलाङस्थित सेलेङगारमा बस्छन् । एमएफई आल्मुनियम फ्रेमवर्क कम्पनीमा काम गर्छन् ।
‘हाम्रो क्याम्पभित्र गैरकानुनी कामदार खोज्दै प्रहरी छिरेका हुन् । उनीहरूले राहदानी भएका कामदारलाई पिटेर घाइतेसमेत बनाए,’ अर्का पीडित रेशम चौधरीले भने, ‘गैरकानुनी कामदार नभेटेपछि हाम्रा साथीको पैसा लुटेर गए ।’
लुटपाट गर्ने प्रहरीविरुद्ध उजुरी नगरेको पीडितहरूको भनाइ छ । कम्पनीले क्षतिपूर्ति दिनुपर्ने पीडितको माग छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले नेपाली कामदारको क्याम्प लुटिएको विषय जानकारीमा आइनसकेको जनाएको छ ।
‘यस विषयमा कुनै नेपालीले पनि लिखित उजुरी दिएको छैन,’ दूतावासका श्रम काउन्सिलर बद्री कार्कीले भने ।
सम्बन्धित खबर
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता