पत्रकार ऋषि धमला चढेको कार दुर्घटना

पत्रकार ऋषि धमला चढेको कार दुर्घटना

Rishi-Dhamala

काठमाडौं : रिपोर्टर्स क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा परेको छ ।

रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा  उनकाे कार लैनचौरमा दुर्घटनामा परेकाे हाे ।

 आइतबार बिहान करिब पौने ६ बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई धमलाको कारमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना र कारचालक घाइते भएका छन्। कारचालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ