कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

Colambia_

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको कोलम्बियाका अधिकारीले जनाएका छन् ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो। त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ