बेरोजगारले निवेदन दिए चैतभित्र रोजगारी या भत्ता दिँदै सरकार

बेरोजगारले निवेदन दिए चैतभित्र रोजगारी या भत्ता दिँदै सरकार

yubaa_laae_rojgaar

काठमाडौं : सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो।

  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०७६/७७ को लागि रोजगारी दिन  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले सार्वजनिक सूचना आह्वान गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा नै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिने गरी बजेट विनीयोजन गरे पनि निवेदन भने आगामी आर्थिक वर्षका लागि माग गरिएको छ ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत सार्वजनिक सेवामा कम्तीमा १०० दिन रोजगारीको लागि इच्छुक बरोजगार व्यक्तिले चैत महिनाभित्र अर्थात् आगामी एक महिनामा निवेदन दिनु पर्नेछ ।

स्थानीय तहको वडा कार्यलयमा निवेदन दिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रकियामा जानेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ