सीके राउत मधेसतर्फ, अब के गर्लान ?

सीके राउत मधेसतर्फ, अब के गर्लान ?

raut ck 1

काठमाडौं : सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन्।

सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाइबाट रिहा भएका थिए।  सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रूपमा राजनीतिक सहमति गरेको थियो।

सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन्। राउतको अबको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक मूलधार र मधेसका आमजनताको चासोको विषय हो यो।

उनले सरकारसँग अचानक गरेको राजनीतिक सहमतिले मधेसको राजनीतिमा पक्कै केही नयाँ ‘डिस्कोर्स’ दिनेछ । मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ ।

सत्तारूढ दलले पनि आफ्नो भित्री तयारी गर्दै नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रूपमा भए पनि परीक्षण गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ