यौन दुर्व्यवहारको आरोप लागेका माइकल ज्याक्सनको शालिक संग्राहलयबाट हटाइयो

यौन दुर्व्यवहारको आरोप लागेका माइकल ज्याक्सनको शालिक संग्राहलयबाट हटाइयो

mical

विश्व चर्चित गायक माइकल ज्याक्सनको शालिक वेलायतको नेसनल फुटबल संग्राहलयबाट हटाइएको छ।

सन् २००९ मा ५० वर्षको उमेरमा निधन भएका अमेरिकी गायकमाथि यौन दुर्व्यवहारको आरोपहरु लागेपछि उनको शालिकलाई संग्राहलयबाट हटाइएको हो।

सन् २०१४ यता नेसनल फुटबल संग्राहलयले सम्मानको लागि माइकल ज्याक्सनको शालिक राखेको थियो।

यतिबेला माइकल ज्याक्सनको शालिकको स्थानमा फुलहाम फुटबल क्लबका पूर्व खेलाडी जर्ज कोहेनको शालिक राखिएको छ।

३६ वर्षीय वेड रोबसन र ४१ वर्षीय जेम्स सेफचकले ‘लिभिन नेभरल्यान्ड’ नामक वृत्तचित्रमा आफूहरु बालकहुँदा माइकल ज्याक्सनले यौन शोषण गरेको खुलासा गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ