गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् ।
यसमा अचानक तौल बढ्नु पनि एक हो । महिलाका लागि योभन्दा ठूलो कुरा के होला । त्यसो भए के पिल्सले तपाईंको तौलमा वृद्धि गरिरहेको छ ?
होइन । गर्भनिरोध औषधी दुई प्रकारका हुन्छन् । एउटा हुन्छ कम्बिनेशन पिल । यसमा एस्ट्रोजेन र प्रोजेसटिन दुई प्रकारका हर्मोन हुन्छन् । अर्को हुन्छ मिनिपिल ।
यसमा प्रोजेसटिन मात्र हुन्छ । तपाईंको पिलमा के छ, त्यसबारे खोललाई पल्टाएर पढ्नसक्नुहुन्छ । वास्तविकता यो हो कि यी दुबै पिल्सले तौल बढाउँदैन ।
एक चर्चित जर्नल छ, ‘द जर्नल अफ विमिन्स हेल्थ’ । यसमा एक अनुसन्धान छापेको थियो । अत्यधिक तौल भएका महिलामाथि इमर्जेन्सी पिल्सबारे परीक्षण गरियो ।
जब नतिजा प्रकाशित भयो तब उनीहरुको तौलमा पिल्सको कुनै सम्बन्ध देखिएन । सन् २०१७ मा पनि ४५ शोध गर्भनिरोधसम्बन्धि छापिएको थियो । यी शोधले पनि पिल्सले तौल बढ्दैन भन्ने निष्कर्ष निकालेको छ ।
यसबारे भारतकी डाक्टर अनुराधा शर्माले जानकारी दिएकी छिन् । उनी फोर्टिस अस्पताल, मुम्बईमा स्त्रीरोग विशेषज्ञ हुन् ।
उनी भन्छिन्ः ‘हो, धेरै महिलाले यही प्रश्न मलाई सोध्छन् । उनीहरुलाई लाग्छ कि गर्भनिरोधक पिल्स खाँदा उनीहरुको तौल बढ्छ र यसको बिकल्पमा के गर्ने ।
जब तपाईं पहिलो पटक यो पिल्स खान सुरु गर्नुहुन्छ तब तपाईंको शरिरमा केही हर्मोनल परिवर्तन हुन्छन् जस्तै तपाईंको स्तन संवेदनशील हुन्छन् र ती सुन्निन्छन् ।
यो स्तनको तन्तुमा परिवर्तनका कारण हुन्छ जसका कारण तन्तुमा वाटर रिटेन्शन हुन्छ र तपाईंको स्तनको आकारमा वृद्धि हुन्छ । यसलाई महिलाले तौल बढेको सम्झन्छन् ।’
त्यसकारण महिलाले तौल बढ्छ भनेर गर्भ निरोधक औषधी खान डराइरहेका छन् भने ढुक्क हुनुहोस् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो