नेकपाको बेइज्जत भो, बिप्लपले पार्टीको नाम लुटेर राखेहुन्छ : प्रम ओली

नेकपाको बेइज्जत भो, बिप्लपले पार्टीको नाम लुटेर राखेहुन्छ : प्रम ओली

pm oli

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि खन्निएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।

‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई भन्दा रहेछन्,  अब त नेकपा भन्न पनि लाज हुन्छ’, ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा     भन्न ।’

प्रधानमन्त्रीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए ।  ‘उहाँहरुका प्रचा पनि हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ