इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ ।
रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ । २५ वर्षे नाम नखुलाएकी महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् ।
एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ । स्थानीय स्वास्थ विभागका प्रवक्ताले एक वक्तव्य जारी गर्दै आमा, उनका ६ छोरी र एक छोराको स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् ।
ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।
यो घटनाले लेबनानको एक अस्पतालमा एकैपटक जन्मिएका ६ बच्चाको याद दिलाउँछ । त्यतिबेला एक महिलाले तीन छोरी र तीन छोरालाई एकै पटक जन्म दिएकी थिइन् ।
अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा एउटी आमाले सात जीवित बच्चालाई जन्म दिएकी थिइन् । यसलाई यस्तो प्रकृतिको संसारकै पहिलो घटना मानिन्छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते