आफूलाई ‘भर्जिन’ बताउने र कहिले पनि प्रेमी नबनाएको दाबी गर्ने एक युवतीले रहस्यमयी तरिकाले बच्चालाई जन्म दिएकी छिन् ।
चीनको गुइयाङकी २० वर्षे महिला पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् ।
डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन ।
घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् ।
गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे फेब्रुअरी १५ तारिखमा समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो ।
ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए ।
जब डाक्टरले उनी गर्भवती भएको बारे जानकारी दिए, २० वर्षे ती युवतीले भनिन्, ‘असम्भव, म कुनै पनि हालतमा गर्भवती हुन सक्दिनँ ।’
नाम नखुलाउने शर्तमा डाक्टरले मिरर डट को डट युकेलाई भने, ‘उनले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन् । यो निकै चकित पारिदिने खालको थियो ।’
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु