गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
अश्विन दानी, पोखरा । पोखराका वडा कार्यालयहरुमा चोरी हुने क्रम रोकिएको छैन । एकपछि अर्को गरी कार्यालयहरु चोरी भइरहेका छन् । पोखरा वडा नं. १३ पहिल्यैदेखि चर्चित छ । युवा नेतृत्व दर्शन लामा पाएको यस वडामा सबै कामहरु अहिले कम्प्युटराइज्ड छन् । निकै फड्को मारिसकेको यस वडा कार्यालयमा समेत चोरको आँखा लाग्यो ।
पोखरामा महानगरपालिका वडा नम्बर १३ कार्यालयमा बिहिबार राती करीब १० बजेको समयमा चोरी भएको हो ।चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेर भागेको वडा कार्यालयले जनाएको छ ।
सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी
बिहिबार राती वडा कार्यालयमा चोरी गर्न आएका चोरहरुले सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेको वडा अध्यक्ष दर्शन लामाले जानकारी दिए ।
‘चोरहरु बाठो रहेछन् । त्यसैले सीसी क्यामरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेछन्,’ वडा अध्यक्ष लामाले भने, ‘चोरीबाट वडा कार्यालयलाई करीब २ लाख बराबरको क्षति भएको छ । हामीले प्रहरीलाई खबर गरिसकेका छौँ ।’
पोखरामा यसअघि पाँच वटा वडा कार्यालयमा चोरी भइसकेको छ । सम्बन्धित भिडियो
Pic. Onlinekhabar
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो