गण्डक न्यूज समाचारदाता, पोखरा । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएका छन् । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बेसक्याम्पमा रहेका चार होटल पुरिएकोे स्थानीयले जानकारी दिए ।
हिमपातबाट बेस क्याम्पमा रहेका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन गरी चार वटा होटल पुरिएको हो ।
स्थानीयहरुका अनुसार यही फागुन ११ गते देखि अन्नपुर्ण आधार शिविरमा अत्याधिक हिमपात पर्न थालेपछि त्यसबाट दुर्घटना हुनसक्ने भन्दै एयरलायन्स कम्पनीहरुसंग सहयोग मागि समयै उद्धार गरेकाले मानविय क्षती नभएको हो ।
मानबिय क्षती भएन, आर्थिक क्षतीको आँकलन गर्न अझै बाँकी
बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएर कुल कति आर्थिक क्षती भएको छ भन्ने कुराको निश्चीत नभएको सरोकारवाला निकाय बताउँछन् ।
बेस क्याम्प जाने बाटोमा बाक्लो हिउँ भएको र अझै हिउ पर्न नरोकीएकाले सम्बन्धीत निकायका ब्यक्तीहरु घटना स्थलको बिस्तृत अबलोकन गर्न जान नसकेका कारण आर्थिक क्षती के कति भयो भन्ने कुरा निश्चित हुन नसकेको हो ।
चैत्र १५ अगाडी ब्यसक्याम्पमा पर्यटक जान नसक्ने
लगातार दुई हप्तादेखि परेको हिमपातका कारण अन्नपूर्ण ब्यसक्याम्पमा आगामी चैत्र १५ गतेभन्दा अगाडी पर्यटकहरु जान सम्ने अबस्था नरहेको अन्नपूर्ण गाउँपालीकाका प्रमुख युवराज कुवंरले जानकारी दिए ।
हिमपातका कारण ब्यसक्याम्प जाने बाटो अबरुद्ध रहेको बताउँदै पर्यटकहरुका लागि चैत्र १५ गतेभन्दा अघि त्यहाँ जाने अनुकुल मौसम हुन नसक्ने उनको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो