काठमाडौं– बिहीबार राजधानीमा ‘राष्ट्रिय बहुक्षेत्रीय सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना विकासका लागि सुझाब संकलन गोष्ठी’ सम्पन्न भयो । गोष्ठीमा काठमाडौंका सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तुको बिक्री–वितरणमा क्रमशः रोक लगाउँदै जानुपर्ने सुझाब प्राप्त भएको छ ।
कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको भए कानुनको पालना नभएकाले अस्पताल, विद्यालयलगायतका संवेदनशील स्थानमा पूर्ण निषेध गर्दै अन्य स्थानमा पनि क्रमशः लागू गर्दै जानुपर्ने सरोकारवालाले सुझाब दिएका हुन् ।
एकैचोटि गर्नुभन्दा यसरी क्रमशः रोक लगाउँदै जाँदा कार्यान्वयन प्रभावकारी हुने उनीहरूको विश्वास छ । विश्व स्वास्थ्य संगठनको तथ्यअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत पर्छन् ।
गोष्ठीमा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख हरिप्रभा खड्गीले महानगर क्षेत्रभित्रका व्यवसायमा सुर्तीजन्य वस्तुको कारोबारलाई वस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने बताइन् ।
धुम्रपानको असर डरलाग्दो भएको उल्लेख गर्दै खड्गीले अब वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम चलाउनुपर्ने बताइन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु