गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न डा. केसीको माग

गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न डा. केसीको माग

govinda kc

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले विगतमा भएका सम्झौता शीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न सम्झाउँदै सात बुँदे माग राखेका छन्।

उनले एमबीबीएस, बीडीएस र नर्सिङ लगायतका कार्यक्रमहरुमा अर्बौंको कालोबजारी भइरहेको भन्दै गण्डकी मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग राखेका छन्।

कलेजको ठगी र आर्थिक अपराधका प्रमाणसहित आन्दोलनमा उत्रेका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरूको माग तत्काल सुनुवाइ गर्दै विद्यार्थीहरुबाट नाजायज रुपमा असुलिएको रकम तत्काल ब्याजसहित विद्यार्थीहरुलाई फिर्ता गर्न केसीले माग गरे।

‘किस्टलगायत अन्य मेडिकल कलेजहरुमा समेत त्यस्तै ठगी भइरहेकाले त्यहाँका सबै विद्यार्थीसँग अवैध रुपमा असुलिएको अतिरिक्त रकम फिर्ता गर्दै दोषी पदाधिकारीहरुलाई फौजदारी मुद्दालगायत हदैसम्मको कारबाही गरियोस्,’ केसीको मागको पहिलो बुँदामा उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ