प्रधानमन्त्री चढेको भीभीआइपी उडान होल्ड गरेको भन्दै छानबिन समिति गठन

प्रधानमन्त्री चढेको भीभीआइपी उडान होल्ड गरेको भन्दै छानबिन समिति गठन

Nepal_Airlines_01

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो।

४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्।

गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो। भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ