धार्मिक संस्थललाई संरक्षण गरे पर्यटन प्रर्बद्धन हुन्छ : राष्ट्रपति भण्डारी

धार्मिक संस्थललाई संरक्षण गरे पर्यटन प्रर्बद्धन हुन्छ : राष्ट्रपति भण्डारी

Bindabasini-Temple-Photo-11-23-6-1024×500

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मीक स्थललाई संरक्षण गर्न सके पर्यटन प्रर्बद्धन हुने धारणा ब्यक्त गरेकी छिन् । बिहिबार पोखराको विन्दवासिनी मन्दिरमा शारीरिक अपाङ्गता भएका तथा वृद्धवृद्धाहरुका लागि निर्माण गरिएको लिफ्टको उद्घाटन गर्दै राष्ट्रपति भण्डारी यस्तो बताएकी हुन् ।

मानव सेवाको भावना सहित विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले मन्दिरमा लिफ्ट निर्माण गरेर सह्रानीय कार्य बताउँदै अन्य ठाउँमा पनि यस्तै सुविधाहरु उपलब्ध गराउन सके धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने राष्ट्रपति भण्डारीको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विन्दवासिनी मात्रै नभएर अन्य मन्दीरमा पनि संकलीत भेटीलाई सोही ठाउँको बिकासमा खर्च गर्नुपर्ने तर्क राखेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds