७ वर्षदेखि फरार हत्याका आरोपि परियार पक्राउ

७ वर्षदेखि फरार हत्याका आरोपि परियार पक्राउ

pakrau-3

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य गरी हत्या गरी फरार रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

व्यास-४ बाघभञ्ज्याङ बस्ने बर्ष ३२ का सुक बहादुर परियारलाई प्रहरीले मंगलबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेको परियारले २०६८ साउन ९ गते व्यास-४ बाघभन्ज्याङ बस्ने राम बहादुर परियारलाई भारु भन्ने भारती परियारको योजनामा सुक बहादुर परियार र मंगल बहादुर दमैले दुलेगौडा र ढोरफिर्दी जोड्ने सेती नदीको पुलबाट धकेली कर्तब्य गरी हत्या गरी फरार रहेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराएका छन् ।

पक्राउ परेका परियारलाई तनहुँ जिल्ला अदालतमा कारवाहीका लागि पेश गरिएको र उक्त घटनामा संलग्न रहेको आरोपमा भारु भन्ने भारती परियार र मंगल बहादुर दमैलाई यही माघ २४ पक्राउ गरी तनहुँ जिल्ला अदालतले पुर्पक्षाका लागि थुनामा पठाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ