तनहुँको आँबुखैरेनीबाट १६२ थान प्रतिबन्धित लागुऔषध सहित बाग्लुङका पुन पक्राउ

तनहुँको आँबुखैरेनीबाट १६२ थान प्रतिबन्धित लागुऔषध सहित बाग्लुङका पुन पक्राउ

Lagu_ausadh

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले गत आइतबार दिउँसो १६२ थान प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आँवुखैरेनी गाउँपालिका वडा नम्बर ३ आँवुखैरेनी चोकमा शंकास्पद रुपमा हिडेका बाग्लुङ जैमिनी नगरपालिका-८ बस्ने १८ वर्षीय रमेश पुनलाई चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध वरामद गरेको हो ।

पक्राउ परेका पुनको झोला चेकजाँच गर्दा ५४/५४ थान फेनरागन, डाइजेपाम र नुफिन गरी १६२ एम्पुल लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराएका छन् ।

पक्राउ परेका पुनलाई लागु औषध मुद्दामा बुधबार जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ