निर्मला हत्या प्रकरण– ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा

निर्मला हत्या प्रकरण– ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा

nirmala-pant-hatyakand

महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरी पिडीत परिवारलाई यातना दिएको आरोप लागेका प्रहरी कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख पदबाट बर्खास्त एसपी दिल्ली विष्टसहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको हो ।

निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाई खड्ग विस्टको जाहेरीले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरले दालतमा मुद्दा दर्ता गरेको हो ।
६ जनालाई हिरासतमा लिएर अनुसन्धान

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टरहरु एकेन्द्र खड्का र जददिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चादनी साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ