काश्मिरकी ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । बालिकाको जन्म पछि ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ का लागि ‘अल्लाह’ लाई धन्यवाद दिएका छन् । नाम नखुलाइएकी ती आमाले आफू संसारको सबैभन्दा वृद्ध आमा भएको दाबी गरिरहेकी छिन् ।
यद्यपी, बुवा हाकिम दिनले छोरीलाई हुर्काउनका लागि आर्थिक सहयोग आवश्यक पर्ने बताएका छन् ।
सन् २०१८ को डिसेम्बर २६ तारिख (बक्सिङ डे) को दिन जम्मु–कश्मिरको पुन्छ जिल्लाको एक अस्पतालमा ती वृद्धाले छोरीलाई जन्म दिएको डेली मेलले बताएको छ ।
यो जोडीको १० वर्षको छोरासमेत भएको जानकारीमा उल्लेख छ । कश्मिरका स्त्रीरोग विशेषज्ञ डा. साबिर सिद्दीकीले स्थानीय पत्रकारलाई यो घटनालाई ‘दुर्लभको पनि दुर्लभ’ संज्ञा दिएका छन् ।
‘साधारणतया भारतमा महिलाको महिनावारी ४७ वर्षमा सुक्छ । महिनावारी रोकिएपछि बच्चा जन्माउने बारे सोच्नै सकिँदैन । तर यो दुर्लभ घटना हो,’ उनले भने । यदि यो कुरा साँचो हो भने उनी प्राकृतिक तरिकाले गर्भाधान गर्ने संसारकै सबैभन्दा वृद्ध आमा हुन् ।
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग