रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, अनेरास्ववियुकी अध्यक्ष लामाले दिइन् एक लाख

रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, अनेरास्ववियुकी अध्यक्ष लामाले दिइन् एक लाख

rabindra-adhikari

काठमाडौं :  हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना गरिएको छ ।

बुधबार कीर्तिपुरमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा अक्षय कोषका लागि सांसद एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले एक लाख रुपैयाँ प्रदान गरेकी छिन् ।

अक्षय कोष २० लाख रुपैयाँको बनाउने योजना रहेको छ। कार्यक्रममा अनेरास्ववियूले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds