सधैँ रक्सी खाएर विद्यालय आउने हेडसर प्रहरीको फन्दामा

सधैँ रक्सी खाएर विद्यालय आउने हेडसर प्रहरीको फन्दामा

raksi khayerw padauni

दिनहुँ रक्सी खाएर बिद्यालय आउने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दिनहुँ रक्सी खाएर बिद्यालय आउने वालिङ नगरपालिका ८ काफलडाडाँमा रहेको तेज आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयमा अध्यापनका लागि रक्सी खँएर गएका ५० वर्षीय मल्ल बिरुद्ध अभिभावकहरुले उजुरी गरेका थिए । सधैँ विद्यालयमा रक्सी सेवन गरेरै आउने मल्लको ब्यबहारबाट दिक्क भएर प्रहरीमा उजुरी गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पंगेनीको भनाई छ ।

अभिभावकले गरेको उजुरीका आधारमा मल्ललाई पक्राउ गरेको बताउँदै प्रहरी निरीक्षक शंकर आचार्यले कानुन बमोजिम कारबाही गर्ने बताए । २०४१ सालबाट तेज आधारभूत विद्यालयमा अध्यापन गर्न थालेका मल्लको नियमित रक्सी खाएर बिद्यालय आउन थालेपछि अभिभाबकहरुले ५ वर्ष पहिलै बाट जागिर छोड्न दबाव दिई रहेको बताउँछन् ।

मल्लले गत माघ ४ गते पनि आगामी दिनमा रक्सी खाएर बिद्यालय नखाउने प्रतिबद्धता गरेको अध्यक्ष पंगेनीले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ