जापानी भाषा सिकाउने संस्थाले ठगी गर्न सक्ने सम्भावना

जापानी भाषा सिकाउने संस्थाले ठगी गर्न सक्ने सम्भावना

japan

जापान सरकारले करीब ५० हजार नेपालीलाई रोजगारीका लागि जापान लैजाने निर्णय गरेसँगै भाषा सिकाउने बिभिन्न संस्थाहरु स्थापना भएका छन् । भाषा सिकाउने निउमा खोलीएका त्यस्ता संस्थाहरुले सर्बसाधरण नागरीकहरु माथि गर्न सक्ने ठगी रोक्न नेपाल सरकारले बिशेष पहल सुरु गरीसकेको अधिकारीहरुले जनाएका छन् ।
सरकारका अधिकारीहरुका अनुसार श्रम तथा रोजगार मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्ने उपायहरूबारे खाका बनाउने प्रक्रिया सुरु गरिसकिएको छ।

त्यो सँगै जापानमा रोजगारीका लागि पठाइने कामदारको भाषाको दक्षताबारे भविष्यमा लिइने परीक्षाको स्तर र मापदण्ड निर्धारण गर्ने विषयमा पनि गृहकार्य भइरहेको छ।

जापानी भाषा सिकाउने संस्थाहरूले भने विगतमा विद्यार्थी भिसामा जापान जानेहरूका लागि बनाइएको पाठ्यक्रमकै आधारमा अहिले पनि जापानी भाषा सिकाउने गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ