सरकारले विप्लव लगायत अन्य असन्तुष्ट समूहसँग छलफल गर्नुपर्छ : बाबुराम भट्टराई

सरकारले विप्लव लगायत अन्य असन्तुष्ट समूहसँग छलफल गर्नुपर्छ : बाबुराम भट्टराई

Baburam bhatarai

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्ने बताउँदै द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको जनाएको छन् ।
‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफू दण्डित हुन पनि तयार रहेको बताए।

उनले भने, ‘साँच्ची नै साथीहरूलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु।’ उनले विप्लव लगायत तराईका असन्तुष्ट समूहसँग छलफल गरी समयमै माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

विकास र समृद्धिका सपना समयमै पूरा गर्न नसके मुलुक फेरि द्वन्द्वमा फस्ने भन्दै उनले विप्लव समूहप्रति लक्षित गर्दै भने, ‘उनीहरू अत्यन्तै गम्भीर ढंगले लागेका छन्।

यदि हामीले बेलैमा विकास र समृद्धिका सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि दन्केर आउने खतरा म देख्छु। त्यो बाटो ठीक छैन तर उनीहरूले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामर्थ्य राख्छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ