यी हुन् विश्वकै कान्छी अर्बपति, नेपालबाट चौधरी फेरि फोर्ब्सको सूचीमा

यी हुन् विश्वकै कान्छी अर्बपति, नेपालबाट चौधरी फेरि फोर्ब्सको सूचीमा

Untitled-12019-03-06

वाशिङटन । अमेरिकाकी काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा २१ वर्षीया जेनर पर्न सफल भएकी हुन् ।

उनकोे शृङ्गारका सामानको व्यवसाय रहेको छ । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

उनले कान्छा अर्बपतिका रुपमा रहेका फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी हुन् । जुकरबर्ग २३ वर्षको उमेरमा अर्वपति भएका थिए । जेनरले सो सूचीमा पर्दा आफूलाई खुसी लागेको फोर्ब्ससँगको कुराकानीमा बताएकी छन् । सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पति सहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा परेका छन् ।

बम बम बम
उनको सम्पति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको जनाइएको छ । यता नेपालबाट सन् २०१३ देखि लगातार अहिले पनि विनोद चौधरी अर्बपतिहरूको सूचीमा परेका छन् । उनी १३४९ औँ स्थानमा रहेका छन् । उनको स्वामित्वमा १।७ अर्ब डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds