गण्डकी मेडिकल कलेजमा ५३ करोड ठगी अभियोगमा सीईओ र परिक्षा नियन्त्रक पक्राउ

गण्डकी मेडिकल कलेजमा ५३ करोड ठगी अभियोगमा सीईओ र परिक्षा नियन्त्रक पक्राउ

GMC andolan (2)

पोखरा । गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई बुधबार बेलुकी कास्की प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्धा दर्ता भएकाले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक अध्यक्ष खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, कलेजका कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरे विरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएको छ ।

झण्डै डेढ महिनादेखि आन्दोलित विद्यार्थीको माग अझै पूरा भएको छैन । उनीहरुले परीक्षा समेत गुमाए भने आन्दोलन पार नलाग्ने देखेर ठगी मुद्धामा उजुरी गर्न बाध्य भएका थिए ।  मंगलबार विद्यार्थीले उजुरी दर्ता गरेका थिए । माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले ८ लाखदेखि १५ लाखसम्म बढी तिर्नुपरेको बताउँदै आएका छन् । रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । यस सम्बन्धमा आवाज उठाउँदा कलेज सञ्चालकले धम्काउने गरेका थिए ।

यस सम्बन्धमा एक महिनाको अवधिमा २ वटा समिति पनि गठन भएर छानबिन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले प्रतिवेदन बुझाइसकेको छ । डा. ओम बरालको नेतृत्वको छानविन टोलीपछि प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ । यो टोलीले पोखरा आएर छानबिन गरिरहेको छ । तर, विद्यार्थीहरु भने कलेजकै सुविधा लिएर गरिएको छानविन टोलीप्रति आशंका व्यक्त गर्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds