काठमाण्डौमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरे: मन्त्री पण्डित

काठमाण्डौमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरे: मन्त्री पण्डित

Lalbabu_pandit

काठमाण्डौ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाण्डौमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दाबी पनि गरे। मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिनेबित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाइ हुन गएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ