पोखरामा ३९ वटा प्याराग्लाइडिङ कम्पनीहरुले सर्वसाधारणसँग हजारौं लिएर व्यवसाय गर्दै आए तर चार वर्षसम्म कर तिरेनन् । जम्मा एउटाले मात्र कर तिर्दै आएको थियो । कर तिर्ने ‘माउण्टेन भ्यू प्याराग्लाइडिङ’ मात्र हो । कर नै नतिरेपछि पोखरा महानगरले पटक पटक पत्र पठाएर ताकेता ग¥यो । अन्तिम पटक फागुन १५ गते एक हप्ताको समय दियो । तर पनि कम्पनीहरुले कर तिर्ने छाँटकाँट नै देखाएनन् । कर नतिर्ने सबै कम्पनीका प्याराग्लाइडिङ बुधबारदेखि नै बन्द गर्ने निर्णयमा महानगर पुग्यो । म्याद सकिने अन्तिम दिन मंगलबार मध्यान्हदेखि जब गण्डक न्यूज डटकम लगायतले यस सम्बन्धमा समाचार प्रकाशित ग¥यो । त्यसपछि, व्यवसायीहरु महानगर पुगे र एक हप्ताभित्र कर तिर्ने सहमति गरेका छन् । तर, महानगरले स्थानीय तहले तोकेको मात्रै लिने गरी सहमति बनेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । यो सहमति पछि अब बुधबारदेखि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध हुँदैन । तर नागरिक उड्डयन प्राधिकरण पोखराले भने विदेशीलाई सोलो उडान गर्न नदिने बताइसकेको छ । दिनदिनैको दुर्घटनापछि तत्कालको लागि एक्लै उड्न नदिने प्राधिकरणले जनाएको छ ।
मंगलबार पोखरा महानगरपालिका र नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) को संयुक्त वार्ता एवं छलफल पछि व्यबसायीहरुले एक हप्ता भित्र २०७२/७३ देखि हालसम्म ४ बर्षको स्थानिय तहलाई शुल्क तिर्ने बिषयमा सहमति भएको हो ।
महानगर प्रमुख मान बहादुर जिसीको उपस्थितीमा भएको वार्तामा व्यवसायीहरुले कर नतिरेका प्रत्येक कम्पनीले अहिलेसम्म तिर्न बाँकी रहेको ८६ हजार रुपैंया तिर्ने सहमति जनाएका हुन् । २०७२/७३ मा ५ हजार, २०७३/७४ मा ५ हजार ५ सय, २०७४/७५ मा ५० हजार र २०७५/७६ मा २५ हजार रुपैंया कम्पनीहरुले तिर्नुपर्नेछ ।
स्थानीय तहमा जनप्रतिनिधी आएपछि सम्बन्धित वडाले गत वर्ष ५० हजार कर तोकेका थिए । तर, प्रदेश सरकारले पर्यटन शुल्क वापत १ लाख तोकेपछि व्यवसायीहरुले दोहोरो मारमा परेको गुनासो गरे । उनीहरु आन्दोलित बनेपछि स्थानीय तहले पुनः आधा घटाएर २५ हजार तोके । आर्थिक वर्ष २०७५/०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो। महानगरले स्थानीय तहले २५ हजार मात्रै लिने निर्णय गर्दा गण्डकी सरकारले लिने भनेको १ लाख के हुन्छ ? त्यो प्रदेश सरकारलाई नै थाहा हुने प्रशासकीय अधिकृत पौडेल बताउँछन् । एक हप्ता भित्र स्थानीय तहलाई तिर्नुपर्ने शुल्क नतिरे कुनै पनि कम्पनीलाई उडान बन्द गर्ने पौडेलले बताए ।
नियामक निकायको निकम्मापनले पोखराको आकाश असुरक्षित रुपमा चिनिने खतरा छ । आफ्नो देशमा भन्दा सुरक्षित मान्दै विदेशीहरु वर्षेनी पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्न सयौँको संख्यामा आउँछन्। पोखराको आकाशमा साहसिक खेल प्याराग्लाइडिङको प्रिवल्र्डकप पनि तीन पटक भइसकेको छ । त्यसैले, विदेशी प्याराग्लाइडरको रोजाइमा पोखराको आकाश परेको छ । यहाँको नियामक निकायको लाचारीपनको फाइदा उठाउँदै दुरुपयोग पनि बढ्दो छ । अहिले पोखराको आकाशमा झण्डै ३०० सय विदेशी ब्यक्तिगत रुपमा प्याराग्लाइडिङ उडानको मात्र अनुमति लिएर प्रतियोगितामा भाग लिइरहेको बताइन्छ ।
रसियन नागरिक इजोभ काजकोभले ‘ओपन हिमालयन’ नाम दिएर अहिले विदेशीहरु बिच पोखरामै प्याराग्लाइडिङ प्रतियोगिता गरिरहेको बुझिन्छ । तर, लाजमर्दो कुरा नेपाल सरकारको कुनै पनि निकायसँग अनुमति पनि लिएका छैनन्। गत फागुन १५ गतेबाट सुरु उक्त हिमालयन कपमा सहभागी विदेशीसँग आयोजकले प्रतिब्यक्ति २५ यूरो रकमसमेत उठाएका छन्। तर, भित्रभित्रै डेढ सय युरो समेत लिएको श्रोतको दाबी छ । नेपाल हवाई खेलकुद सस्था (ना) पनि प्रतियोगिताबारे केहि जानकारी नभएको बताउँछ । यद्यपी, त्यहाँकै केहीको मिलेमतो रहेको श्रोत बताउँछ ।
मंगलबार रसियन नागरिकको सराङकोटमा दुर्घटनामा परी ज्यान गयो । सोमबार कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए । आइतबार रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो ।
पोखरामा दिनहुँ अवैध रुपमा संचालन हुदै आएका विदेशी प्याराग्लाइडिङ पाइलटहरु दुर्घटनामा परेपछि सोको समेत राम्रो रेखदेख गर्न ध्यानाकर्षण गराइएको छ । जुन कम्पनीबाट उडान अनुमति लियर दुर्घटनमा परेका छन, ती कम्पनीहरुलाई अब स्पष्टीकरण लिएर कारबाही प्रक्रिया अघि बढाइने नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ । नागरिक उडड्यन कार्यालयले ब्लु स्काई र फ्रन्ट एयर प्याराग्लाईडिङ कम्पनीलाई स्पष्टीकरण सोध्ने बताइएको छ ।
सम्बन्धित समाचारहरु:
http://gandaknews.com/paragliding-close/
http://gandaknews.com/solo-flight/
http://gandaknews.com/para-acc-again/
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम